पानी ठानेर शिक्षिकाले दिएको स्प्रिट पिउँदा छात्राको गयो ज्यान

काठमाडौं । शिक्षिका पानी ठानेर दिएको स्प्रिट पिउँदा सिरहामा एक छात्राको मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका-६ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीया छात्रा सिर्जना कुमारी महराको मृत्यु भएको हो ।

पुस २२ गते पेट दुखेपछि सिर्जनाले औषधि खान पानी मागेकी थिइन् । शिक्षिका अम्बिका लम्सालले पानी ठानेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएपछि सिरहा नगरपालिका–११ भलुवाहीकी सिर्जनाको मृत्यु भएको जानकारी आएको प्रहरीले बताएको छ ।

शिक्षिकाको लापरबाहीले मृत्यु भएको भन्दै बिहानैदेखि विद्यार्थीहरु पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्दै आन्दोलनमा उत्रेका छन् । उनीहरुले ईलाका प्रहरी कार्यालय मिर्चैया माथि ढुंगामुढा गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री