प्रचण्डलाई विश्वासको मत दिन/नदिनबारे निर्णय लिन कांग्रेस संसदीय दलको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बस्ने गरी बैठक बोलाइएको जानकारी दिए ।

वर्तमान कांग्रेस संसदीय दलको पहिलो बैठक बस्न लागेको हो । बैठक कहाँ बस्ने भन्ने खुलाइएको छैन । बैठकमा संसद् बैठकमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वासको मत दिने/नदिनेलगायत विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिनिधिसभाको नयाँ कार्यकालको बैठक यही पुस २५ गतेदेखि शुरु हुँदैछ । त्यसअघि दलको बैठक बस्न लागेको हो । पुस २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री