रविको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, पद यथावत रहने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणमा सर्बोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

कायममुकायम प्रधानन्यायायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको बारेको रिटमा सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गर्दै अग्राधिकार दिने निर्णय गरेको छ ।

लामिछानेले रद्द भइसकेको नेपाली नागरिकता राखेर पासपोर्ट बनाएको, पार्टी दर्ता गरेको र चुनाव लडेको भन्दै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले छुट्टा छुट्टै रिट दायर गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री