दाङमा बालिका बलात्कार आराेपमा युवक पक्राउ

काठमाडाैं । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आराेपमा लमही नगरपालिका-९ बस्ने २२ वर्षीय अनोवर कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

यादवले ती बालिकालाई सोही नगरपालिका-९ स्थित भडरकुण्डीको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप