सेनाका उपरथी प्रेम शाहीको घरमा छापा

काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीको घरमा सैनिक प्रहरी गणको टोलीले छापा मारेको छ । बुढानीलकण्ठ नगरपालिका-२ भंगालस्थित उनको घरमा सैनिक प्रहरी गणको टोलीले बिहीबार दिउँसो छापा मारेको हो ।

कार्यालयका कागजात घरमा हुनसक्ने भन्दै सैनिक प्रहरी गणको टोली शाहीको घरमा पुगेर छापा मारेको स्रोतले जानकारी दिएको छ । सैनिक टोलीले नेपाल प्रहरीको टोलीलाई सँगै लगेर छापा मारेको हो ।

शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको जंगीअड्डा र रक्षा मन्त्रालयविरुद्ध ७ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका गरेका थिए । उनको पक्षमा अदालतले आदेश दिएसँगै उनी हाजिर हुन जंगीअड्डा जाने तयारीमा थिए । तर, उनलाई सैनिक प्रहरी गणले मंगलबार नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस