प्रुडेन्सियल इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव, नगद र बोनस कति ?

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकबाट चुक्ता पुँजीको ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।

उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई अबको वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन् । हाल यो कम्पनीको चुक्ता पुँजी एक अर्ब १८ करोड ६१ लाख रुपैयाँ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप