२५ गतेदेखि बैंक अफ काठमाण्डु र ग्लोबल आईएमई एक हुँदै, तीन दिन सबै सेवा बन्द

काठमाडाैं । यही पुस २५ देखि बैंक अफ काठमाण्डु र ग्लोबल आईएमई बैंक एक हुँदै छन्। २५ गते यी दुई बैंकको एकीकृत कारोबार हुने भएको हो।

ग्लोबल आईएमई बैंकले जारी गरेको सूचनाअनुसार नेपाल राष्ट्र बैंक कम्पनी रजिस्ट्रारको कार्यालय र नेपाल राष्ट्र बैंकबाट स्वीकृत पाएसँगै एकीकृत कारोबार सुरु गर्नलागेको हो। दुवै बैंकको साधारणसभाले समेत मर्जर प्रस्ताव स्वीकृत गरिसकको छ।

बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘ग्राहक, सेयरधनी, नियमनकारी निकायहरु तथा सम्बन्धित सबैको जानकारीको लागि २५ गतेदेखि दुई बैंक हुँदै छ र मर्जरपछि बैंकको केन्द्रीय कार्यालय कमलादीमा रहेको ग्लोबल आईमएई बैंक हुनेछ।’

मर्जरमा सम्झौताअनुसार ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच मर्जर प्रयोजनका लागि २०७९ असार २ गते प्रारम्भिक सहमतिमा तथा २०७९ कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो।

यस्तै, बैंकले एकिकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि तीन दिन अर्थात पुस २२, २३ र २४ गते दुबैं कैंबले आफ्ना विभिन्न शाखाहरुबाट प्रदान गर्दै आइरहेको सेवाहरु बन्द रहने जानकारी दिएको छ । मर्जरको निम्ति सेयर स्वाप अनुपात १ः१ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस