काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। शनिवार दिनको १ बजे संसदीय दलको कार्यालयमा बैठक बस्ने कांग्रेसले जनाएको छ ।
कांग्रेसको दलको नेतामा सभापति शेरबहादुर देउवा चयन भइसकेका छन्। यस्तै दलको मुख्य सचेतकमा रमेश लेखक चयन भएका छन् ।
एमालेसहित सात राजनीतिक दल र ३ स्वतन्त्र सांसदसहित १६९ जनाको समर्थन लिएर प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन् । त्यसका लागि रणनीति बनाउन कांग्रेसले दलको बैठक बोलाएको हो ।
दलको बैठक अघि कांग्रेस सभापति देउवाले सत्तारुढ दलकै केही नेताहरूसँग भेटवार्ता गरिरहेका छन् ।
तपाईंको प्रतिकृया




