प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेट भएको हो ।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदै छन् । भेटमा सोही विषयमा छलफल भएको बताइएको छ । एकीकृत समाजवादीले सरकारलाई समर्थन गर्ने वा सरकारमा जाने विषयमा ठोस निर्णय गरेको छैन ।

प्रचण्डले एकीकृत समाजवादीलाई सरकारमा समावेश गराउने प्रयास गरिरहेका छन् भने एकीकृत समाजवादीले भने सरकारमा समावेश हुने बारे अहिलेसम्म आधिकारिक प्रस्ताव नआएको बताउदै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री