रोनाल्डो साउदी क्लब अल नसरमा सार्वजनिक

काठमाडौं । साउदी अरेबियाको क्लब अल नसरले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई सार्वजनिक गरेको छ। घरेलु मैदान म्रसोल पार्कलाई मंगलबार राति एक विशेष समारोहमा अल नसरले रोनाल्डोलाई सार्वजनिक गरेको हो ।

रोनाल्डोलाई स्वागत गर्न हजारौ समर्थक स्टेडियम पुगेका थिए । सार्वजनिक कार्यक्रममा बोल्दै रोनाल्डोले युरोपमा आफ्नो भूमिका सकिएको तथा अब नयाँ चुनौती सामनाको लागि तयार रहेको बताएका छन् ।

उनले आफुलाई अन्य थुप्रै राष्ट्रको क्लबले अफर गरेको भएपनि प्रतिस्पर्धात्मक लिग भएकाले साउदी आएको बताए । उनले यो आफ्नो अन्तिम लिग नभएको समेत रोनाल्डोले बताए ।

रोनाल्डो २०२५ सम्म साउदी अरेबियाको क्लबमा रहने छन् । अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको बताईएको छ । तर, सम्झौता रकम खुलाईएको छैन । पाँच पटकका बालोन डी ओर विजेता रोनाल्डो इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट अल नासर पुगेका हुन्।

युनाइटेड र त्यसका प्रशिक्षक एरिक टेन हाखबारे आलोचनात्मक टिप्पणी गर्दै टेलिभिजनलाई अन्तर्वार्ता दिएपछि रोनाल्डो आलोचित बनेका थिए। त्यसपछि क्लब र रोनाल्डोबीच सहमतिमा सम्झौता भंग भएको थियो।

रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट कुल ३४६ खेल खेल्दै १४५ गोल गरेका छन्। म्यानचेस्टर युनाइटेडमा २००३ बाट २००९ सम्म खेलेर उनी स्पेनिस क्लब रियल मड्रिड पुगेका थिए। उनले मड्रिडमा २०१८ सम्म खेले। त्यहाँबाट इटालियन क्लब युभेन्टसमा तीन वर्ष खेलेर फेरि २०२१ मा युनाइटेड नै फर्किएका थिए।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रोनाल्डोले चार लिगमा जिते गोल्डेन बुट, बन्यो कीर्तिमान

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा गोल्डेन बुट जितेका छन् । यस सिजनको साउदी …

प्रतिकृया दिनुहॊस