कांग्रेस मुख्य सचेतकमा रमेश लेखक

काठमाडौँ । कांग्रेस मुख्य सचेतकमा रमेश लेखकलाई मनोनयन गरिएको छ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको मुख्य सचेतकमा रमेश लेखकलाई मनोनयन गरेको हो ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको संशोधित विधान धारा १३ को उपधारा १ बमोजिम लेखकलाई मुख्य सचेतकमा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

लेखक कञ्चनपुर ३ बाट निर्वाचित सांसद हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री