मलाई फेरि पनि व्यवस्था र राष्ट्रको चिन्ता लागेको छ : रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमाथि विभिन्न खाले खतरा उत्पन्न भएको बताएका छन् ।

उनले आफूलाई फेरि पनि व्यवस्था र राष्ट्रको चिन्ता लागेको बताए । यसो हुँदा राष्ट्रिय सहमतिको आह्वान गरेका छन् । उनले भने, ‘मलाई फेरि पनि व्यवस्था र राष्ट्रको चिन्ता लागेको छ,’ उनले भने, ‘त्यसैले अब राष्ट्रिय सहमतिको बाटोमा अघि बढौं ।’

स्पिकर्स फोरम नेपालले आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै पौडेलले आफ्नो दिलले यस्तो बाटो देखाएको बताए । उनले भने, ‘यो देशलाई र डेमोक्रेसीलाई जोगाउनका लागि फेरि राष्ट्रिय सहमतिको खोजी गरौं । अहिले पनि राष्ट्रिय सहमतिको सरकारको प्रयत्न गर्नुपर्छ भन्ने लाग्छ । यो मलाई आफ्नो भित्री दिलले देखाएको बाटो हो ।’

पौडेलले एकातिर अर्थतन्त्र खतरनाक अवस्थामा रहेको र अर्कोतिर चीन र भारत हुँदै फेरि कोरोना नेपाल पस्न लागेको उल्लेख गरे । ‘मैले आफू बाहिर परेँ भनेर यो कुरा निकालेको होइन । म एउटा नेपाली भएर भनिरहेको छु । नेपालीको स्वार्थमा, यो डेमोक्रेसीको स्वार्थमा, ७० वर्ष लडेर प्राप्त गरेको परिवर्तन तथा संविधानको स्वार्थमा फेरि राष्ट्रिय सहमति खोजौं । हामी बाँच्ने बाटो यही नै हो,’ उनले भने ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री