यातायात कार्यालयमा मन्त्री श्रेष्ठको आकस्मिक छड्के

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधर तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ आज एकान्तकुनास्थित यातायात कार्यालयमा आकस्मिक छड्के जाँचका लागि पुगेका छन् ।

सो यातायात कार्यालयबाट धेरै गुनासो आएकाले मन्त्री श्रेष्ठले छड्के चेकिङमा पुगेको मन्त्रीका प्रमुख स्वकीय सचिव विजय गौतमले बताए ।

‘मन्त्रीले सेवाग्राहीका गुनासाहरु र कामहरुबारे जानकारी लिनुभएको छ’, गौतमले भने, ‘अर्को यातायात कार्यालयमा पनि जान्छौं । कुनमा जाने भन्ने एकीन छैन् । गएपछि मात्रै थाहा हुन्छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री