रोनाल्डो साउदी क्लबसँग अनुबन्ध, फुटबल इतिहासकै बढी तलब

काठमाडौं । क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासरमा आबद्ध भएका छन् । उनको करार सन् २०२५ सम्म रहने छ ।

विवादास्पद अन्तरवार्तापछि म्यानचेस्टर युनाइटेड छाडेका पोर्चुगलका कप्तान फ्रिएजेन्ट रहेका थिए । रोनाल्डोले फुटबलको इतिहासमा सबैभन्दा धेरै तलब प्राप्त गर्ने बताइएको जुन वार्षिक १७.७ करोड पाउण्ड रहने छ ।

३७ वर्षीय खेलाडीले फरक देशमा नयाँ फुटबल लिग अनुभव गर्न आफू उत्सुक रहेको बताएका छन् । नौं पटकको साउदी लिग विजेता अल नासरले रोनाल्डोको अनुबन्धलाई नयाँ इतिहासको शुरुवातको रूपमा व्याख्या गरेको छ । रोनाल्डोलाई अर्को साउदी क्लब अल हिलालले समेत अनुबन्धको प्रयास गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप