नेपाल बैंकर एसोसिएसन लुम्बिनीको संयोजकमा नवीन विष्ट

काठमाडाैं । नेपाल बैंकर एसोसिएसन (एनबीए) लुम्बिनी प्रदेशको संयोजकमा एनएमबि बैंकका लुम्बिनी प्रदेश प्रमुख नवीन विष्ट चयन भएका छन् । सहसंयोजकको जिम्मेवारी नेपाल इन्भेस्टमेन्ट बैंकका लुम्बिनी प्रदेश प्रमुख सुमिर शम्शेर जबराले पाएका छन् ।

सदस्य सचिवमा हिमालयन बैंकका लुम्बिनी प्रदेश प्रमुख अनुसुया बस्न्यात चयन भए । प्रदेश सदस्यहरूमा प्रभु बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख सुवास कुवँर, नेपाल एसबीआई बैंकका लुम्बिनी प्रदेश प्रमुख शिव दाहाल, नेपाल बैंकका लुम्बिनी प्रदेश प्रमुख सुशीलकुमार नेपाल चयन भए र संयोजकमा चुनिएका विष्ट झन्डै डेढ दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत छन् ।

संयोजक विष्टले एसोसिएसनले आगामी दिनमा लुम्बिनी प्रदेशमा अन्तरबैंक सम्बन्ध एवं लुम्बिनी प्रदेशमा रहेका बैंकका कर्मचारीहरूबीच दिगो सम्बन्ध स्थापित गर्ने एवं वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य तथा शिक्षा क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरू ल्याउने बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री