एन्फा निर्वाचन :आर्थिक चलखेलको गम्भीर आरोप

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) को पछिल्लो निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी रहेका मणि कुँवरले चुनावका बेला ठूलो आर्थिक चलखेल भएको आरोप लगाएका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै कुँवरले आर्थिक चलखेलको प्रमाण आफूसँग सुरक्षित रहेको छ र चाहिएको बेला प्रस्तुत गर्न सक्षम रहेको दाबी गरे । उनले यी सबै प्रमाण अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) मा पठाइसकेको बताए । ‘विश्व फुटबलको सर्वोच्च निकाय भनेकै फिफा र एएफसी हुन् ।

चुनावका बेला भएका चलखेलको प्रमाण मैले यी दुई संस्थालाई बुझाइसकेको छु । उनीहरूले त्यसलाई सम्बन्धित निकायमा पठाइसकेका छन्,’ कुँवरले भने, ‘मलाई पूरा विश्वास छ, उनीहरूले यसमाथि आवश्यक कारबाही गर्नेछन् ।’ उनले अगस्ट ८ मै यी प्रमाण पठाइएको बताए ।‘जति पनि प्रमाण छन्, ती सबैको विश्वसनीयतामा म शतप्रतिशत विश्वस्त र जिम्मेवार छु,’ उनले थपे ।

उनका अनुसार वर्तमान एन्फा कार्यसमितिमाथि लगाइएका आरोपमा निर्वाचन कमिटीलाई ज्यानमार्ने धम्की र आर्थिक प्रलोभनमा पारेको, मतदातालाई प्रत्यक्ष रूपमा पैसा बाँड्ने काम गरेको, मतदातालाई प्रभावित गर्ने उद्देश्यमा देशका विभिन्न स्थान तथा भारतसमेत लगरेर ठूलो धनराशि खर्च गरेको, मतदातालाई चुनावलगत्तै युरोप भ्रमण गराएको, न्यायालयलाई समेत आर्थिक लेनदेनबाट प्रभावित पार्ने काम गरेको तथा निर्वाचनका क्रममा मतदाता र अन्य सहयोगीलाई सयौं संख्यामा हवाई टिकट उपलब्ध गराइएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामूहिक छलफलका लागि रविले बोलाए कार्यकर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सार्वजनिक भेटघाट कार्यक्रम राखेका छन् । सभापति …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds