२० वर्ष पुराना गाडी फेरि चलाउने तयारी

काठमाडाैं । सरकारले २० वर्ष पुराना गाडी फेरि सञ्चालन गर्ने दिने तयारी गरेको छ । पुराना सवारीसाधानले दुर्घटना र प्रदूषण बढाएपछि सरकारले नै डेढ वर्षअघि यस्ता गाडी सञ्चालनमा रोक लगाएको थियो ।

काठमाडौं र पोखराबाहेकका क्षेत्रमा २० वर्ष पुराना गाडी सञ्चालन गर्न दिने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिपरिषद्‌मा पुर्‍याएको छ । यसलाई मन्त्रिपरिषद्बाट स्वीकृत गराउने तयारी छ । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा निर्दोष घोरसाइनेले लेखेका छन् ।

काठमाडौं र पोखराबाहेकका क्षेत्रमा भेहिकल फिटनेट र यातायात व्यवस्था विभागका प्राविधिकले सवारी चल्न योग्य भएको प्रतिवदेन पेस गरेका आधारमा सञ्चालन गर्न खोजिएको हो । लामो दूरी र पहाडी क्षेत्रमा चल्ने अधिकांश गाडी बलिया हुने मन्त्रालयको उच्च अधिकारीको दाबी छ । ‘अधिकतम पुराना सवारी राम्रो अवस्थामा छन् । अहिले नयाँ गाडीभन्दा ती पुराना गाडी धेरै स्तरीय छन’, नाम नबताउने शर्तमा उनले भने, ‘उमेर बढेसँगै गाडी मानिस जस्तो बुढा हुँदैन । खराबी देखिएका पार्टपूर्जा परिवर्तन गर्दा गाडी दुरुस्तै हुन्छ ।’

उनले भने जस्तै पार्टपूर्जा प्रयोग गर्दा सवारी सञ्चालन गर्न सकिन्छ । तर, सरकारसँग सवारीसाधनले पुराना पार्टपूर्जा परिवर्तन गरेको या नगरेको नियमन गर्ने निकाय छैन । यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक शरदचन्द्र पौडेल सवारीसाधनको गुणस्तर जाँच गर्ने प्रभावकारी निकाय नहुँदा कर्मचारीलाई अनियमितता गर्ने अवसर हुने बताउँछन् । ‘हामीसँग सवारीको फिटनेस जाँन्ने स्तरीय औजार छैन। कर्मचारीलाई प्रलोभनमा पारेर सवारी दुरुस्त भएको प्रमाणपत्र प्राप्त गर्न सकिन्छ’, पौडेल भन्छन्, ‘त्यसलाई नियमन गर्ने प्रभावकारी निकाय निर्माण नभएसम्म उमेर हद उपयुक्त हुन्छ ।’

उनका अनुसार बेलायतमा सवारीको उमेर हद तोकिएको छैन । सरकारी तवरबाट सवारीको प्रभावकारी नियमन हुन्छ । भारतमा भने सवारीको उमेर हद तोकिएको छ । प्रभावकारी किसिमले सवारीको अनुगमन गर्न नसक्ने मुलुकले उमेर हद तेक्ने गरेका छन् । नेपालमा सवारीको गुणस्तर जाँच्ने बलियो संयन्त्र नभएकाले २० वर्षको उमेदहद तोकिएको उनको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाँकेमा प्रहरीले चलायो गोली

काठमाडौं । बाँके प्रहरीले एक फरार प्रतिवादी पक्राउ गर्न गोली प्रहार गरेको छ । गोली …

प्रतिकृया दिनुहॊस