सेञ्चुरी कमर्सियल बैंकद्वारा ४.७५ प्रतिशत बोनश सेयर दिने घोषणा

काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.७५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बिहीबार सम्पन्न बैंकको बाह्रौं वार्षिक साधारण सभाले सो निर्णय गरेको हो ।

अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाले रु. ८,४१,५४,७१,५७६.३० मा सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८ /७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाँडमा लगायतका प्रतिवेदन पारित गरेको छ । साधारणसभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्झौता समेत पारित गरेको छ ।

चालू आवको असोज मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८२.४२ अर्ब र कर्जा रकम रु. ६६.९३ अर्ब परिचालन गरी रु. २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस