थापाथलीका सुकुम्बासी हटाउन बालेनले लेखे रविलाई पत्र

काठमाडौं – थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरले गृह मन्त्रालयलाई सहयोग मागेको छ । बागमती नदी किनारका सुकुम्बासी बस्ती हटाउन महानगरपालिकाले गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहयोग मागेको हो ।

महानगरले आफू यो अभियानमा असफल भएको भन्दै सहयोग गर्न मन्त्रालय गुहारेको हो । महानगरका प्रशासकीय अधिकृत वसन्त अधिकारीले थापाथलीस्थित बाग्मती नदी किनारमा अनधिकृत रूपमा निर्माण भएका संरचनाहरू हटाउन पटक-पटक प्रयास भए पनि प्रयास सफल हुन नसकेको बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप