नबिल बैंकका कार्ड प्रयोगकर्ताले ग्रान्डी अस्पतालमा विशेष छुट पाउने

 काठमाडौं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ७ दशमलब ५ प्रतिशत छुट पाउने भएका छन् । सेवाग्राहीलाई छुट र सुविधा दिने गरी नबिल बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता भएको हो ।

उक्त विषेश छुट बाहृय सेवा, औषधी तथा चिकित्सकीय सामग्री र स्वास्थ केन्द्रको सुस्वास्थ्य प्याकेज, बहिरङ्ग परामर्श शुल्क बाहेक अन्य सम्पूर्ण सुविधाहरुमा लागु हुने बैंकले जनाएको छ । नबिल बैंकका प्रमुख खुद्रा बैंकिङ निरज शर्माले ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालसँगको यस सम्झौता भएको घोषणा गर्न पाउँदा खुशी लागेको बताए । यस सहकार्यले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई लाभ पुग्ने विश्वास रहेकाे उनकाे भनाइ छ ।

ग्रान्डी अस्पतालका प्रमुख संचालन अधिकृत सेवानिवृत्त महासेनानी अमृत खन्नाले नेपाली नागरिकलाई अधिक सेवा पुर्याउने अाफ्नाे प्रतिबद्धता अनुरुप नबिल बैंकसंग सहकार्य गर्न पाउँदा खुशि लागेको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस