पाँच हजार मेगावाटको पञ्चेश्वरको डिपिआर २३ वर्षसम्म पनि किन बन्न सकेन ?

काठमाडाैं । २३ वर्षअघि भएको महाकाली सन्धिअन्तर्गत बन्ने भनिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको संयुक्त विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अझै बन्न सकेको छैन ।

भारतको प्रधानमन्त्रीमा निर्वाचित भएको तेश्रो महिना नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दा पनि एक वर्षभित्र परियोजना सुरु गर्ने भनिएको थियो । तर, उनी प्रधानमन्त्री भएको साढे चार वर्षसम्म पनि डिपिआर बन्न नसकेको खबर आजको नयाँ पत्रिका दैनिकमा जनार्दन बराल र पुष्प कोइरालाले लेखेका छन् ।

१८ साउन ०७१ मा मोदीको नेपाल भ्रमणमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउने सहमति भएको हो । तर आयोजना अझै अलपत्र छ । खासगरी शारदा व्यारेजको पानी बाँडफाँडको विषय नमिल्दा डिपिआर नटुंगिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्राधिकरणले आजदेखि यी ६ फिडरमा बिजुली काट्ने (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन भूमिगत गर्न काठमाडौं उपत्यकाका ६ फिडरमा एक सातासम्म बिजुली काट्ने भएको छ । कालीमाटी, गोठाटार, ताहाचल, चौमती र मच्छेगाउँ फिडरले समेटेका वितरण क्षेत्रमा आइतबारदेखि शुक्रबारसम्म दैनिक ३ घण्टा विद्युत कटौती हुनेछ ।

प्रतिकृया दिनुहॊस