महान्यायाधिवक्तामा अधिवक्ता डा. दिनमणी पोखरेल नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा अधिवक्ता डा.दिनमणि पोखरेललाई नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम डा. पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार महान्यायाधिवक्तामा अधिवक्ता डा. पोखरेललाई सिफारिस गरेका थिए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ । आचार्यको स्थायी घर प्यूठान हो । उनले कानुनमा विद्यावारिधि गरेका छन् । पोखरेल तत्कालीन सभामुख ओनसरी घर्तीमगरका कानुनी सल्लाहकार थिए ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएपछि महान्यायाधिवक्ता खम्मबहादुर खातिले सोमबार राजीनामा बुझाएका थिए । सरकार फेरिएसँगै सरकारको कानुनी सल्लाहकार फेरिने प्रचलन छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री