नेशनल लाईफको गोसाइकुण्ड ‘हेली टुर’

काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि यही पुस ७ देखि ९ गतेसम्म ‘गोसाइकुण्ड हेली टुर’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि कम्पनीले सञ्चालन गरेको मासिक अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई कम्पनीले काठमाडौं बूढानीलकण्ठबाट हेलिकप्टरमा गोसाइकुण्डको भ्रमण गराएको हो ।

भ्रमणमा जानुपूर्व कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ताहरूलाई सफल भ्रमणको शुभकामना दिए । उनले यस प्रकारको भ्रमणले अभिकर्ताहरूको मनोवल वृद्धि भई कम्पनीको व्यवसायसमेत प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।

देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट भई भ्रमण कार्यक्रममा सहभागी हुन सफल करिब २०० जना अभिकर्ताहरूलाई उनीहरूको अथक परिश्रम र मेहनतको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतले सम्मान पनि गरेका थिए ।

कार्यक्रममा सहभागी अभिकर्ताहरूले कम्पनीले आयोजना गर्ने यसप्रकारको भ्रमणले आफूहरू उत्प्रेरित भएको र यसबाट आफ्नो वृत्ति–विकासमा सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफ क्यापिटलको सीईओमा मनीष घिमिरे नियुक्त

काठमाडाैं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनीष घिमिरेलाई नियुक्त गरेको छ । …

प्रतिकृया दिनुहॊस

This will auto close after