काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफु अपमानित भएर पोखरा आएको बताएका छन् ।
पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा कुरा गर्दै महामन्त्री थापाले भने- ‘बिहान ६ बजेबाट फोन खोलेर पार्टी सभापतिको फोन कति बेला आउछ भनेर कुरेर बसेको थिए । म पार्टीको महामन्त्री पनि हो । पदाधिकारी भएकाले सभापतिको फोन आउछ भनेर पर्खेर बसेको थियो । निवासमा भएको छलफलमा नबोलाई जाने कुरा पनि भएन । हिजो एक प्रकारले भन्दा अपमानित भएर पोखरा आए ।’
महामन्त्री थापाले यो एउटा घटनाक्रम भएको र कांग्रेस फेरी उठ्ने बताउदै अब हारजितमा अल्झिन नहुने बताएका छन् ।
प्रतिकृया दिनुहॊस