सूर्या लाइफ र ज्योति लाइफले सुरु गरे संयुक्त कारोबार

काठमाडाैँ । सूर्या लाइफ र ज्योति लाइफले मर्जरपश्चात संयुक्त कारोबारको शुभारम्भ गरेका छन् । गत असार १२ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले बिहीबारबाट सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ गरेका हुन् ।

संयुक्त कारोबार सुरु भएसंगै सो कम्पनिको रजिस्टर्ड कार्यालय बिराटनगरमा भएसंगै केन्द्रिय कार्यालय भने शान्ताप्लाजा ज्ञानेश्वर हुने तय भएको छ।

कम्पनीको अध्यक्षमा केशब प्रसाद भट्टराई चयन हुनुभएको छ साथै प्रकाश बिक्रम खत्री प्रमुख कार्यकारी अधिकृत तथा पवन कुमार खड्का नायव प्रमुख कार्यकारी अधिकृत भएका छन् ।

मर्जर पश्चात सूर्यज्योतीको कुल चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ र कुल लगानी २८ अर्ब रुपैयाँभन्दा बढी पुग्ने पुग्नुका साथै दुई कम्पनीको आ.व. २०७९/८० को पहिलो त्रैमासिक सम्मको कुल जीवन बीमाकोश २२ अर्ब रुपैयाँ, कुल बीमाशुल्क २ अर्ब २७ करोड रुपैयाँभन्दा बढी तथा नाफा भने ४२ करोड रुपैयाँ पुगेको छ।

बीमा क्षेत्रमा सूर्या लाईफले एक दशक भन्दा बढी समयदेखि उल्लेखनीय सेवा प्रदान गरि आफुलाई एक बृहत् कम्पनीको रुपमा प्रस्तुत गरिरहेको थियो भने ज्योति लाईफ पनि स्थापनादेखि छोटो समयमा नै बिस्वश्नीय सेवा दिँदै एक सबल कम्पनीको रुपमा परिचित थियो।

हाल कम्पनीको कुल कर्मचारी संख्या करिब ७००, कुल अभिकर्ता संख्या करिब ७५००० भन्दा बढी, प्रोडक्ट संख्या १५ संगै देशभर सात प्रदेशमा १८१ शाखा हरु बाट १३ लाख भन्दा बढी बीमिंतलाई सेवा दिंदै सूर्यज्योती बिशाल कम्पनिकाे रुपमा स्थापित छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री