एसवाई बजार एपमार्फत अनलाइनबाटै घर किन्न सकिने

काठमाडाैं । एसवाई बजार एपमार्फत् अब अनलाईनबाटै घर किन्न पाउने भएका छन्। एसवाई बजारले कोरियन प्रविधिको विभिन्न डिजाइनका घर किन्ने सुविधा ल्याएको हो।

नेपालमा स्थापित हुँदै गइरहेको कोरियन प्रविधिको एसवाई प्यानल विश्वको उत्कृष्ट भवन निर्माण सामग्री उत्पादन गर्ने कोरियन कम्पनी हो। भूकम्प प्रतिरोधी तथा अन्य बिभिन्न भवनको लागि प्रयोग गर्ने प्यानलहरु सस्तो, बलियो र अत्याधिक इन्सुलेसनयुक्त हुन्छ।

‘यो घर हामीले हाम्रो आफ्नै फ्याक्ट्रीमा निर्माण गर्छौ’ एसवाई नेपालका महाप्रबन्धक शशी साहले भने, ‘अनलाइनबाट अर्डर आएपछि हामी रेडिमेड घर लगेर दिन्छौँ ।’ उनका अनुसार कन्टेनर हाउस, एक तला, दुई तला घर अनलाइनबाट किन्न सकिनेछ ।

यो प्रविधि कोरिया, युरोप लगायत पश्चिमी राष्ट्रहरुमा अत्याधिक प्रयोग भएको छ । भुकम्प प्रतिरोधी, सस्तो, कम तौल लगायत निर्माण तथा व्यवस्थापनमा सजिलो रहेको यस प्यानलबाट निर्मित घरले तातो ,चिसो तापक्रमको असरबाट छुटकारा दिनुका साथै यो घर विभिन्न रङ, साइज तथा आकर्षक डिजाइनमा उपलब्ध हुने कम्पनीका महाप्रबन्धक शशी साहले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री