खल्तीबाट सानिमा लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा १ हजारसम्म क्यासब्याक

काठमाडाैं । ‘खल्ती’ले अब  प्रयोगकर्ताहरुका लागि सानिमा लाईफ इन्स्योरेन्सको प्रिमियम ‘खल्ती’ बाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याएको छ।

सुविधासँगै अब खल्ती प्रयोगकर्ताले सानिमा लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा १ हजार रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्ने अफर पनि खल्तीले ल्याएको जनाएको छ।

तसर्थ, लामो लाइन बसी डिजिटल भुक्तानी गर्न, तुरुन्त भुक्तानी गर्न र समयमै भुक्तानी नगर्दा लाग्ने जरिवानाबाट बच्न तथा ग्राहकहरूलाई प्रोत्साहन गर्न खल्तीले यो सेवा ल्याएको हो ।

इच्छुक प्रयोगकर्ताले तल बताइएको अनुसार सानिमा लाईफ इन्स्योरेन्सको प्रिमियम ‘खल्ती’ बाट भुक्तानी गर्न सक्नेछन्:

१. खल्ती एप को होमस्क्रिनमा गई ‘इन्स्योरेन्स’ मा ट्याप गर्नुहोस्
२. ‘सानिमा लाईफ इन्स्योरेन्स’ छनौट गर्नुहोस्
३. मागिएको विवरण भरि भुक्तानी गर्नुहोस्

प्रयोगकर्ताले भुक्तानी गरेपछि १ हजार रुपैयाँ तत्काल बोनस पाउनेछन्। तर, खल्ती प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछिको ७ दिनभित्र प्रिमियम तिर्नुपर्नेछ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री