इन्भेष्टमेन्ट बैंकको ३६औं साधारण सभाले पारित गर्‍यो ११ प्रतिशत लाभांश

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंकको ३६औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको हो ।

सभाले प्रस्तावित ११ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै, बोनस वितरण पछि कम्पनीको चुक्ता पुँजी १९ अर्ब ३ करोड रुपैयाँ पुगेको बैंकले बताएको छ । आर्थिक वर्ष २०७८/७९ मा बैंकले ६ अर्ब २८ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा ३ अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री