विङ्गर गाडी र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

काठमाडाैँ । धनुषामा विङ्गर गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको ज्यान गएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेमा धनुषाको शहीदनगर नगरपालिका–५ धवौली बस्ने २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डल रहेका छन् ।

उनीहरू दुवैजना मोटरसाइकलमा सवार थिए । बुधबार साँझ ७ बजेको समयमा धनुषाको सबैला नगरपालिका १० सिमरारी र शहीदनगर नगरपालिकाको हौवाहीको बीच खण्डमा ना.५ ज.८४४० नम्बरको विङ्गर गाडी र ज. ११ प ५४७३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।

एक युवकको घटनास्थलमै र अर्काको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री