संसदीय दलको नेता चुन्दै माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । प्रतिनिधि सभाका नव निर्वाचित सांसदहरुको शपथ ग्रहणपछि माओवादीले दलको नेता चुन्ने कार्यक्रम तय गरेको हो ।

माओवादी केन्द्रले आज दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको छ । दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने पक्का जस्तै छ । प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ सांसद छन् । यसअघि हिजो कांग्रेसले चुनावमार्फत संसदीय दलको प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई चयन गरिसकेको छ ।

कांग्रेसमा सभापति शेरबहादुर देउवा संसदीय दलको नेता चयन भएसँगै नयाँ सरकार गठनको गृहकार्यमा जुटिसकेका छन् । सत्ता गठबन्धनलाई कायम राख्दै नयाँ सरकार गठन गर्ने देउवा र प्रचण्डको तयारी छ ।

आज माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरे लगत्तै बेलुका भावी सरकार निर्माणबारे थप छलफल अगाडि बढाउने कांग्रेस र माओवादीको तयारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि यही पुस १० गते बेलुका ५ बजेसम्म प्रधानमन्त्रीको दाबी पेस गर्न आह्वान गरेकी छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

छानबिन समितिको कार्यादेश बनाउने कार्यदलको बैठक निष्कर्षविहीन

काठमाडौं । संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्ष विहीन भएको छ । …

प्रतिकृया दिनुहॊस