प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ आज

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई आज शपथग्रहण गराइने भएको छ । संघीय संसद् सचिवालयले मंसिर ४ को निर्वाचनबाट निर्वाचित सांसदहरूलाई आज सपथग्रहण गराउने भएको हो ।

संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आज दिउँसो १ बजे सपथग्रहण गराइनेछ । नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शपथ गराएकी थिइन् । उनै ज्येष्ठ सदस्य राणाले अन्य सदस्यहरूलाई आज पद तथा गोपनीयताको शपथ गराउने छन् ।

यसअघि, आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी थिइन् । संविधानको धारा ७६ (२) अनुसार पुस १० गतेभित्र सरकार गठनका लागि आह्वान गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गरेको …

प्रतिकृया दिनुहॊस