दलको नेता बन्ने दौडबाट पछि नहट्ने गगन थापाको अडान

काठमाडौँ । कांग्रेस संसदीय दलको नेताको लागि संस्थापनइतर पक्षमा छलफल जारी छ । दाबेदार रहेका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच छलफल जारी रहेको हो ।

उनीहरूसहित नेताबीच सोमबार पनि काठमाडौँको एक होटलमा छलफल भएको थियो । सो पक्षको बैठक बस्नुअघि कोइराला र थापाबीच भेटघाट भएको पार्टीका सहमहामन्त्री जीवन परियारले जानकारी दिए । स्रोतकाअनुसार दुई महिनाअघि नै दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका थापाले आफू पछाडि नहट्ने अडान लिएका छन् । सोमबार र आज भएको छलफलमा पनि उनले आफू पछि नहट्ने अडान यथावत् राखेका हुन् ।

उनले अडानले संस्थापनइतर पक्ष दबाबमा परेका छ । संस्थापन पक्षबाट भने पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा एकल उम्मेदवार छन् । दलको नेता चयनका लागि भोलि बिहान मतदान हुँदै छ भने आज मनोनयनको कार्यक्रम छ । मनोनयन गर्नुअघिसम्म शेखर र गगनमध्ये एकलाई सर्वसम्मत उम्मेदवार बनाउने कसरत भइरहे पनि एक वर्षअघि सम्पन्न पार्टीको १४ औँ महाधिवेशनमा देखिएकै प्रवृत्ति दोहोरिने संकेत देखिन थालेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस