एनएमबीको ‘अपन एनएमबी बचत खाता’

काठमाडौं । मधेश प्रदेशमा बचत प्रोत्साहन गर्ने उद्देश्यका साथ एनएमबी बैंकले ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गरिने ‘अपन एनएमबी बचत खाता’ ल्याएको छ ।

उक्त खातामा उच्चतम ब्याजदरका साथै बैंकले ग्राहकलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरो सेयर, आस्वा सेवालगायत थुप्रै आकर्षक सुविधा पनि प्रदान गर्ने भएको छ ।

एनएमबी बैंकले विगत २६ वर्षदेखि निरन्तररूपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबीले हाल देशभरि २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस