नबिलद्वारा घातक रोग बीमा सुविधालाई निरन्तरता

काठमाडौं । नबिल बैंकले नबिल बचत खातामा घातक रोग बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । विगत चार वर्षदेखि यस्तो सुविधा प्रदान गर्दै आएकोमा पाँचौँ वर्षमा पनि निरन्तरता दिने भएको हो । यस्तो बीमा कार्यक्रमअन्तर्गत तीन सय ३८ जना ग्राहकको ६२ करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी भएको बैंकले जनाएको छ ।

हरेक बचत खातामा घातक रोगको बीमा तथा आवधिक जीवन बीमा सुविधा योजनाअन्तर्गत बीमा गरेकामध्ये तीन सय ३८ जनाको दाबी भुक्तानी भएको हो । घातक रोगमा तीन लाख र आवधिक जीवन बीमाका लागि ७५ हजार गरी तीन लाख ७५ हजार रुपैयाँको बीमा हरेक खातावालामा लागू हुनेछ । खातावालाको हित तथा घातक रोग लाग्दा आर्थिक भरथेग गर्ने उद्देश्यले यस्तो सुविधा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

मेट लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा सुरु गरेको योजनाअन्तर्गत बैंकले पछिल्लो चार वर्षमा एक अर्ब ६० करोड सात लाख रुपैयाँ बराबरको प्रिमियम भुक्तान गरेको जनाएको छ । मुद्दतिबाहेक सबै प्रकारको बचत खातामा घातक रोग तथा अवधिक जीवन बीमा हुने गरेको छ । बीमा सुविधा पाउन बचत खातामा न्यूनतम ३५ हजार रुपैयाँ अनिवार्य हुनुपर्ने र खातावालको उमेर समूह १६ देखि ६० वर्ष हुनुपर्नेछ । घातक रोग लागेको चिकित्सकले प्रमाणित गरेको हुुनुपर्नेछ ।

नबिलले विभिन्न १३ घातक रोग जस्तै किड्नी फेलर, क्यान्सर, हर्ट अट्याक, लिभर फेलर, बोनम्यारो ट्रान्सप्लान्टेसन, हर्ट भल्भ सर्जरी, इन्ड स्टेज लङ डिजिज, कोमा, पल्मोनरी हाइपरटेन्सन, स्ट्रोक, परमानेन्ट हेपाटाइटिस, अप्लास्टिक एनिमिया तथा सिरयस कोनोनरी आर्टरी डिजिजका लागि बीमा सुविधा दिने गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

काठमाडौँ । एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध …

प्रतिकृया दिनुहॊस