गरिमाको वैदेशिक रोजगार आइपिओ खाता

काठमाडौं । गरिमा विकास बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीलाई बैंकिङ तथा सेयर मार्केटसम्म पहुँच पु¥याउने उद्देश्यले वैदेशिक रोजगार आइपिओ खाता सुरु गरेको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार आइपिओ जारी गर्ने संस्थाले १० प्रतिशत सेयर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याउनुपर्ने व्यवस्थाअनुसार उनीहरूलाई सिआस्वा सुविधाका लागि बैंकले खाता सञ्चालनमा ल्याएको हो ।

वैदेशिक रोजगारमा रहेका नेपालीले सजिलै बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन खाता खोल्न मिल्ने सुविधामार्फत् खाता खोली डिम्याट, सिआस्वा र मेरो सेयरको सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । साथै पहिला नै बचत तथा अन्य खाता हुने ग्राहकले पनि सजिलै खाता खोल्न सक्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस