पुस ६ गते कांग्रेस संसदीय दलको चुनाव : उम्मेदवारी शुल्क ५१ हजार, यस्तो छ कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि आउँदो पुस ६ गते चुनाव गर्ने भएको छ । निर्वाचन पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा हुने संसदीय दल निर्वाचन समितिका संयोजक समेत रहेका कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिएका छन् ।

कांग्रेसको संसदीय दलको नेतमा प्रतिष्पर्धा गर्न चाहनेले ५१ हजार रुपैयाँ दाखिल गरेर उम्मेदवारीका लागि दरखास्त दिनुपर्नेछ । हाल कांग्रेसमा संसदीय दलको नेताका लागि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको नाम चर्चामा छ ।

यस्तो छ कार्यतालिका
कांग्रेसले संसदीय दलको नेता चयनको लागि कार्यतालिका सार्वजनिक गरेको छ । संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार पुस ४ गते मतदाता नामावली सार्वजनिक गरिने छ । पुस ४ गते नै मतदाता नामावली उपर दाबी विरोध गर्नका लागि समय छुटायइएको छ । दाबी विरोध उपर जाँचबुझ गरी पुस ४ गते दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ ।

पुस ५ गते उम्मेदवारको लागि दरखास्त लिइने छ । उम्मेदवार बन्न चाहनेहरुले बिहान ८ बजेदेखि १० बजेसम्म ५१ हजार रुपैयाँ तिरेर दरखास्त दिन सक्ने छन् । ५ गते बिहान १०ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन र ११ बजेदेखि ११ः३० बजेसम्म उम्मेदवारको दरखास्त उपर दाबी विरोध गर्नका लागि समय छुट्याइएको छ ।

यस्तै, पुस ५ गते नै दिउँसो १२ बजे दाबी विरोध उपर जाँचबुझ गरि उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने छ । उम्मेदवारले दिउँसो १२ः३० देखि २ः३० बजेसम्म आफ्नो नाम फिर्ता लिन चाहेमा फिर्ता लिन पाउने छन् । पुस ५ गते दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका समितिले जारी गरेको छ । संसदीय दलको नेताका लागि पुस ६ गते बिहान ८ बजेदेखि १० बजेसम्म निर्वाचन तग गरिएको छ । मतदान सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री