चन्द्रागिरि पुगे भारतीय अभिनेता ओबराय [तस्बिरहरु]

काठमाडौं – बलिउड अभिनेता विवेक ओबरायले चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् । पारिवारिक भ्रमणमा नेपाल आएका विवेक ओबरायले भ्रमणका क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै चन्द्रागिरि हिल्स रिर्सोटमा लन्च गर्दै मनोरम दृष्यहरुको पनि अवलोकान गरेका हुन् ।अभिनेता ओबरायलाई चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक सन्जीव थापाले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । ओबरायले चन्द्रागिरि भ्रमणबारे प्रतिक्रिया दिंदै काठमाडौंको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकीय गन्तव्यको रुपमा चन्द्रागिरि रहेको बताए ।ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्सरी रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री