एजेन्सी । रुसद्वारा गरिएको गोलाबारीले बिहीबार दक्षिणी शहर खेरसनमा दुई जनाको लिएको छ भने भने खेरसान क्षेत्रमा विद्युत कटौती भएको छ ।
राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले सामाजिक सञ्जालमा रुसी सेनाले शहरको केन्द्रमा गोली हानेको बताएका छन् । क्षेत्रीय गभर्नर यारोस्लाभ यानुशेभिचले भनेका छन्, ‘दुई जनाको मृत्यु भएको जानकारी छ । आपतकालीन सेवाहरू तम्तयारी स्थितिमा छन् । आक्रमणले शहरलाई ‘पूर्ण रूपमा ऊर्जाविहीन’ बनाएको छ ।’
शहरको बन्दरगाह क्षेत्रमा महत्त्वपूर्ण पूर्वाधार सुविधामा भारी गोलाबारी जारी छ । रुसी सेनाले फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको केही समयपछि युद्धपूर्व करिब तीन लाख जनसंख्या भएको खेरसनलाई कब्जामा लिएको थियो । यद्पि युक्रेनको सेनाले नोभेम्बरमा यो सहरलाई महत्वपूर्ण रूपमा आफ्नो कब्जामा लिएको थियो ।
तपाईंको प्रतिकृया




