काठमाडौं । ‘वन एक्स बेट’ मार्फत सट्टेबाजी गराउने व्यक्तिहरु धमाधम समातिन थालेका छन् । प्रहरीले बिहीबार लमजुङको सुन्दरबजार नगरपालिका-१ घर भई काठमाडौंको टोखा चण्डेश्वरी बस्ने सुजन गौलीलाई प्रहरीले पक्राउ गरेको छ ।
यसअघि तीन जनालाई पक्राउ गरेको प्रहरीले बिहीबार विश्वकपलगायतका अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा वानएक्स बेट लगायतका एपमार्फत सट्टाबाजी गराई रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टका रुपमा पक्राउ परेका गौलीले २६ वटा डिजिटल वालेट तथा बैंकिङ प्रणालीमार्फत ७ करोड ७२ लाख ८९ हजार ४६ रुपैयाँ बराबरको कारोबार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
ई-सेवा, आईएमई-पे र खल्ती एप्स तथा विभिन्न बैंकिङ प्रणालीमार्फत उनी एक्लैले २ करोड ३६ लाख ३३ हजार १३८ रकम बराबरको कारोबार गरेको प्रहरीको भनाइ छ । विश्वकप शुरु भएदेखि नेपालमा सट्टाबाजी गराउने गिरोह सक्रिय रहेकोले प्रहरीले निगरानी बढाउँदै लगेको छ । उनलाई सट्टेबाजी गर्न गराउन नहुने कसुरअन्तर्गत थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
प्रतिकृया दिनुहॊस