प्रभु लाइफ इन्स्योरेन्स छैठौँ वर्षमा प्रवेश

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड छैठौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले विभिन्न कार्यक्रम गरी छैठौँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।

सो अवसरमा कम्पनीले वार्षिक रूपमा सञ्चालित संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत योवर्ष पनि निम्न आयस्तर भएका अभिभावकका बालबालिकाहरूको उज्वल भविष्य (शिक्षा) का लागि योगदान गर्ने कार्यक्रममा सहयोग गरेको छ ।

उल्लेखित उद्देश्यअन्तर्गत कम्पनीले नेपालका ७७ जिल्लाभर कुल ८४ विद्यालय सञ्चालन गरिरहेको गैर नाफामुलक गरैसरकारी संस्था समता शैक्षिक गुठीलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री