अपर तामाकोशीको १० अर्ब ५९ करोडको हकप्रद सेयर निष्काशन हुँदै

काठमाडाैं । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले १ः१ को अनुपातमा जारी गर्न लागेको हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धक नागरिक लगानी कोषले सन्राइज क्यापिटललाई सहबिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

अपर तामाकोसीले साबिकका सेयरधनीलाई प्रतिसेयर एक सय रुपैयाँका दरले १० अर्ब ५९ करोड रुपैयाँबराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यसका लागि कम्पनीले नागरिक लगानी कोषलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको थियो ।

नागरिक लगानी कोष र अपर तामाकोसी हाइड्रोपावर लिमिटेडबीच हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्नका लागि दुईपक्षीय सम्झौतापछि कोषले आफू मुख्य निष्कासन तथा बिक्री प्रबन्धक भई सन्राइज क्यापिटल लिमिटेडलाई सहनिष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस