चुनावपछि पहिलो पटक कांग्रेस र एमालेले बोलाए बैठक

काठमाडौं। नेपाली कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएको छ।

प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि पहिलो पटक कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएको हो।

बैठक मंसिर २४ गते शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

चुनावी समीक्षालगायत विषयमा छलफल हुने कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवासहित पदाधिकारी र शीर्ष नेताहरू छन्।

काठमाडौं। नेकपा (एमाले) ले शुक्रबार सचिवालय बैठक बोलाएको छ।

एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए।

बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिनेछ।

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ। एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह …

प्रतिकृया दिनुहॊस

This will auto close after