काठमाडौं । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाउँदा उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उमेदवार पद्मा अर्यालले ९ हजार ५०१ मत पाएकी छन् ।
अहिले अर्याल गुरुङभन्दा दुई हजार ४१८ मतले पछाडि छन् । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पाँच हजार १९२ मत ल्याएका छन् ।
तपाईंको प्रतिकृया




