स्याङ्जा-२ : धनराज र पद्माबीच कडा ‘टक्कर’, झिनो मतको अन्तर

काठमाडाैँ । प्रतिनिधिसभा सदस्यतर्फ स्याङ्जा–२ मा नेकपा (एमाले) की पद्मा अर्यालले झिनो अग्रता कायमै राखेकी छन् । उनले दुई हजार ९२० मत पाएकी छन् ।

उनलाई पछ्याइहरेका नेपाली कांग्रेसका धनराज गुरुङले दुई हजार ९०९ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५८९ मत पाएका छन् । अर्यालले शुरुदेखि नै अग्रता कायम राखेकी हुन् । गुरुङसँग उनको ११ मतको मात्र अन्तर छ । यसअघि धनराजभन्दा पद्मा ४४४ मतले अघि थिइन् । अहिले भने धनराले अफ्नो मतान्तर घटाएका छन् ।

चुनाव सकिएको १० दिनपछि बुधबार राति ९ बजेबाट यहाँको मतगणना शुरु भएको हो । स्याङ्जा–२ मा मतदानमा धाँधली भएको भन्दै मतगणना रोकिएको थियो । स्थलगत अनुगमन र अनुसन्धानपछि निर्वाचन आयोगले मतगणना अघि बढाउने निर्णय गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री