स्मार्ट क्यूआरमा एम डबलीमार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी)को स्मार्ट क्यूआरमा आवद्ध मर्चेन्टहरूलाई एम डबलीमार्फत भुक्तानी गर्न सकिने भएको छ ।

एम डबली सहकारीहरुलाई लक्षित मोबाइल बैकिङ सेवा हो । हाल १७० भन्दा धेरै सहकारीमा संचालनमा ल्याइएको एम डबलीमा स्मार्ट क्यूआर सेवा सुरु गरिएको हो । हाल आर्जन बचत तथा ऋण सहकारीका एम डबली प्रयोगकर्ताले सुविधा लिन सक्ने कम्पनीले जनाएको छ ।

छिट्टै नै अरू सदस्य सहकारीहरूमा पनि यो सेवा विस्तार गरिने योजना रहेको इन्फो डेभलपरका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले बताए ।

भाट–भटेनी सुपर मार्केट, बीग मार्ट, एक्सप्रेस मार्ट, किराना, बीग डिजिटल लगायत १ लाख ६० हजारभन्दा धेरै मर्चेन्टहरु आवद्ध स्मार्ट क्यूआर नेटवर्कमा हालसम्म बैंक तथा वालेटहरु मात्र आवद्ध रही आएकोमा अवदेखि एम डबलीमार्फत सहकारीका सदस्यहरुले पनि यो सुविधामार्फत लाभ लिन सक्ने स्मार्टच्वाईका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री