अछाममा नेशनल लाईफको अभिकर्ता प्रशिक्षण

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख अथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको अछाम कार्यालयमा आवद्ध करिब १३५ जना अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

सिइओ खत्रीले व्यवसाय गर्दै आएका अभिकर्ताहरुलाई अभिकर्ता पेशामा व्यवसायिक बनाउदै उनीहरुको जीवनस्तरमा सकरात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रबद्र्धन गर्दै लैजाने नीति अनुरुप कम्पनीले यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताए । साथै खत्रीले बीमा ऐन २०७९ का आधारभुत विषयबस्तुको बारेमा पनि संक्षिप्तरुपमा प्रकाश पारेका थिए ।

कम्पनीका मार्केटिङ्ग विभाग प्रमुख विबेक शर्माले सहभागी अभिकर्ताहरुलाई बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा उत्कृष्ट व्यवसाय गरि अछाम शाखाबाट चेयरपर्सन क्लबमा छनौट भएका अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्मान पत्रबाट सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले कम्पनीले तयार गरेको बार्षिक तथा मासिक स्किमहरुको बारेमा जानकारी गराएका थिए । कम्पनीको अछाम शाखा दिपक खड्काले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस