नेशनल लाइफले गर्‍यो अभिकर्ता भेला तथा सम्मान कार्यक्रम

काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई बीमा विक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए।

प्रमुख कार्यकारी अधिकृतले कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई सक्षम र व्यावसायिक बनाउँदै लैजाने नीतिअनुरुप कम्पनीले अभिकर्तासँग सम्बन्धित विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको र सोही क्रममा महेन्द्रनगरमा यो कार्यक्रम गरिएको जानकारी गराए।

कार्यक्रममा महेन्द्रनगर शाखासँग आबद्ध भई जीवन बीमा व्यवसायमा सक्रिय रहेका करिब १७५ जना अभिकर्ताहरुको उपस्थिति थियो। सो शाखाबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले खादा माला र मायाको चिनोले सम्मान गरेका थिए।

सम्मानित अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नो कार्यथलो महेन्द्रनगरमा नै सम्मानित हुन पाउँदा अति नै खुसी लागेको बताएका थिए।

कार्यक्रम महेन्द्रनगर शाखाका शाखा प्रमुख नविन किशोर भट्टले सञ्चालन गरेका थिए। एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले सहभागी अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस