मनकामना केवुलकार बन्यो पर्यटन व्यवसायतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनी

काठमाडौं । मनकामना केवलकार आर्थिक वर्ष २०७७/७८ मा पर्यटन व्यवसायतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनी बनेको छ । पर्यटन व्यवसायतर्फ सबैभन्दा धेरै आयकर तिरेको मनकामना केवुलकारलाई सरकारले सम्मान पनि गरेको छ ।

आन्तरिक राजश्व विभाग लाजिम्पाटमा भएको कार्यक्रममा अर्थसचिव कृष्णहरी पुष्कर लगायतले मनकामना केवलकारका प्रतिनिधिलाई सम्मानपत्र प्रदान गरेका छन् ।

मनकामना केवुलकार २५ वर्षमा प्रवेश गरेको छ । २०५५ सालको मंसिर ८ गतेदेखि नियमित सञ्चालनमा रहेको मनकामना केवुलकारले अहिलेसम्म १ करोड ७० लाख भन्दा धेरै यात्रु तथा भक्तजनलाई सेवा दिएको जनाएको छ । कुरिनटारदेखि मनकामनासम्म केवुलकार सञ्चालन भएपछि धार्मिक पर्यटन बढेको र वरपरका गन्तव्यमा पनि व्यापार व्यवसाय विस्तार भएको र फस्टाएको कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले विदेशी मुद्रा सिफारिस नदिँदा भुक्तानी बाँकी छ, हामीमाथि विभेद भयो : इस्पान

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले सरकारले विभेदकारी नीति अँगालेको आरोप लगाएको छ । …

प्रतिकृया दिनुहॊस