अख्तियार प्रमुखमा सिफारिस घिमिरेको सुनुवाइ आज

काठमाडौं । संवैधानिक परिषदबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेकाे आज संसदीय सुनुवाइ हुँदैछ । संवैधानिक परिषदले गत भदौ २० गते आयोगका कार्यवाहक प्रमुख आयुक्त घिमिरेको नाम प्रमुख आयुक्तमा सिफारिस गरेपछि सुनुवाइ समितिले उजुरी आह्वान गरेको थियो । साे समितिले भदौ २४ बाट असोज १ भित्र समितिमा आफैं आएर वा जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी गर्न भने पनि उनीविरुद्ध कुनै पनि उजुरी नपरेको समाचार छ ।

लोकमानसिंह कार्कीलाई आयोगको प्रमुख आयुक्त सिफारिस गर्दा त्यसको कडा आलोचना भएको थियो । सुनुवाइ समितिका अनुसार, बिहीबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप