दुरसञ्चार प्राधिकरणले युटीएललाई दियो चेतावनी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटीएल) लाई सेवा शुरु गर्न पत्र पठाएकाे छ । टेलिफोनको एकिकृत (युनिफाइड) लाइसेन्स लिएको लामो समय बितिसक्दा पनि काम शुरु नगरेपछि प्राधिकरणले पत्र काटेको हो ।

अध्यक्ष दिगम्बर झाले प्राधिकरणले सोमबार युटीएललाई पत्र काटिसकेको जानकारी गराए ।  झाले दिएकाे जानकारी अनुसार युटिएललाई कानून बमोजिम कारबाही ५ लाख जरिवाना भैसकेको छ ।

एक वर्षअघि प्राधिकरणले युटीएलसँग अप्टिकल फाइबर बिछ्याउने सम्झौता गरेको थियो । फाइबर बिछ्याउने सम्झौतामा प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा र युटीएलका प्रमुख कार्यकारी अधिकृत एसपी पचौरीले साे सम्झौतामा हस्ताक्षर गरे । तथापि कुनै कार्य भएकाे छैन । युटीएलले २ अर्ब १ करोड रुपैंयाँमा प्रदेश नम्बर ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउने सहमति गरेको थियो । यस्ताे सहमति गरेतापनि कार्य प्रगति नभएको अध्यक्ष झाले उल्लेख छ । युटीएल पछिल्लो १३ बर्षदेखि नोक्सानी बेहाेरीरहेकाे  कम्पनी हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर

काठमाडौँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकले देशैभरि विभिन्न तहका कर्मचारीको …

प्रतिकृया दिनुहॊस